डेस्क, २३ भाद्र ।
चर्चित गायक निशान भट्राईको “म त तिम्रै हु” बोलको गितको म्युजिक भिडियो भोलि रिलिज हुने भएको छ । सिमराका गायक तथा संगितकार विकास पाण्डेको शब्द संगितमा निर्माण भएको म्युजिक भिडियो निशान भट्राईको अफिसियल च्यानलमार्फत भोलि रिजिल गर्न लागिएको हो ।
गितको बिमोचन गर्न निर्माण पक्षले सिमरामा भोलि पत्रकार सम्मेलनको आयोजना गरेको छ । बि.एस. मेकर स्टुडियो सिमराले निर्माण गरेको गितमा गायक निशान भट्राई र गायिका किसु थापाले स्वर दिएका छन् । गितको एरेन्ज अभि अमृत लुवागुन, एडिसनल एरेन्ज एन.एस आर्या, मिक्स/मास्टर मृत्युञ्जोय दासले गरेका हुन् ।
अफिया म्युजिक रेकर्डिङ स्टुडियो हेटौडामा रकेर्ड भएको म्युजिक भिडियोमा युवराज केशरी र रितु चौधरीले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन, छायांकन र सम्पादन विकास गुरुङले गरेका हुन् ।
यसैगरी सहायक निर्देशकमा राजिव चौधरी, सहायक छायांकन श्यामुल फेथ, परिकल्पनाकारमा विकास पाण्डे, निर्मातामा प्रदिप गौतम, प्रोडक्सन म्यानेजरमा विजय ठाकुर, मेकअपमा सम्झना महतो रहेका छन् । भिडियो निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुर र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमरा पार्कमा छायांकन गरिएको निर्माता प्रदिप गौतमले जानकारी दिनुभयो ।




