डेस्क, भदौ २४ बिहान १० बजे ।
मधेस प्रदेशको बारा र पर्सा जिल्लाको नदिहरूमा आकस्मिक बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ ।
बारा जिल्लाको अमलेखगञ्ज र आसपास तथा बारा,पर्सा, मकवानपुर जिल्लाको सिमा आसपासका केही स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको र थप हुन सक्ने पूर्वानुमान रहेकोले पसाहा खोला, दुधौराखोला लगायत सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बाढी हुन सक्ने मौसम विभागले बताएको छ ।
तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा आज दिउँसो सम्म उच्च सतर्कता अपनाउन रमेत जल तथा मौसम विज्ञान विभागले सुचना जारी गरेको छ ।




