आज सुन तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार हुँदै

३१ असोज ।

सुनको भाउ आज सामान्य बढेको छ । सुन आज तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आजको भाउ हिजोभन्दा २ सय रुपैयाँले बढी हो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ तोलामा हिजो जस्तै १ हजार १ सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।