एस.एस. पटेल, बारा ।
बाराको सिमरामा दोस्रो कोसेली कप प्रतियोगिता आज बाट शुरु हुने भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरामा कोसेली युथ क्लबको आयोजनामा कोसेली कप फुटबल प्रतियोगिता हुन लागेको हो ।
आज कार्तीक ३ गते बिहिबारबाट शुरु भई कार्तीक ६ गते सम्म हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहने क्लबले जनाएको छ । प्रतियोगितामा विजेता टिमलाई ३० हजार नगद र दोस्रो हुनेलाइ २० हजार नगद पुरस्कार सहति सिल्ड र मेडलको व्यवस्था रहेको क्लबले बताएको छ ।
सिमराको अग्रणि पछाडीको कल्बको आफ्नै कोसेली युथ क्लब ग्राउण्डमा आज हुने पहिलो उद्घाटन खेलमा सिमरा युनाइटेड र दिव्य ज्योती एफ.सि प्रतिस्पर्धा गर्ने छन् भने आजै दोस्रो खेलमा आयोजक क्लब कोसेली युथ “ए” र एन.जे.पि.वाई.सि एफ.सि भिड्ने छन् । आज पहिलो खेल दिनको १ बाजे र दोस्रो खेल दिनको ३ बजे शुरु हुनेछ ।




