बारा, कार्तिक ३ गते ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले शुभ दिपावली तथा छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नगर उद्योग वाणिज्य संघको मुख्य कार्यालय जीतपुरमा आफ्नै सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल रहनु भएको थियो ।
कार्यक्रममा शुभकामना आदानप्रदान संगै व्यापारीहरूको समस्यालाई समेत संबंधित निकायको ध्यानाकर्षण गरिएको थियो । व्यापारीहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले ऋणमा वृद्धि गरेको व्याजदरको कारण कयौं व्यापारीहरूको व्यापार बन्द भएको र अन्य धेरै व्यापारी पिडित भएर व्यापार विजनेस बन्द गर्ने अवस्थामा पुगेको कुरालाई विषेश ध्यानमा राखि यस्को उपाय खोज्न बैंकर्सहरूलाई अनुरोध गर्दै यस्को समाधान नभए उद्योग वाणिज्य संघको नेत्रित्वमा आन्दोलन हुने जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले मन्तव्यको क्रममा बताउनु भएको थियो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उप-प्रमुख भोला प्रसाद अधिकारी, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिलकुमार गुप्ता, अनुसन्धान विभाग सिमराका प्रमुख, राजश्व अनुसन्धान पथलैयाका प्रमुख, आन्तरिक राजश्व सिमराका प्रमुख, विरगञ्ज उद्योग वाणिज्यका अध्यक्ष, उपाध्यक्ष, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्साल, जीतपुरसिमरा बैंकर्स क्लबका अध्यक्ष कृष्णा गौतम, नगर उद्योग वाणिज्य संघका पुर्व महासचिव शिवजी साह सोनार लगायत विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरिले संचालन गर्नु भएको थियो ।




