बारा, कार्तिक ४ गते ।
कोसेली युथ क्लब सिमराको आयोजनामा बाराको सिमरामा भईरहेको दोस्रो कोसेली कपमा आज पनि दुई खेल हुने छ ।
कोसेली कप २०७९ मा आज आयोजना क्लबको बि टिम कोसेली क्लब “बि” र रामबन टांडी एफ.सि विच प्रतिस्पर्धा हुने छ भने आजको दस्रो खेल न्यु सुन्दरबस्ती र त्रिशूल युवन क्लब भिड्नेछन् । खेल क्रमशः २ बजे र ३:३० मा हुने छ ।
८ टिमको सहभागिता रहेको कोसेली कप प्रतियोगितामा विजेता टिमलाई ३० हजार नगद र दोस्रो विजेतालाइ २० हजार नगद पुरस्कार सहति सिल्ड र मेडलको व्यवस्था रहेको छ ।




