एस.एस. पटेल, बारा, कार्तिक ४ गते ।
बाराको सिमरामा संचालन भईरहेको दोस्रो कोसेली कपमा आज पनि दुई खेल सम्मान भएको छ । आज भएको पहिलो खेलमा आयोजक क्लबको “बि” टिम विजयी भएको छ भने दोस्रो खेलमा त्रिशूल युवा क्लब विजयी भएको हो । आज विजयी भएको दुबै क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा आयोजक कोसेली युथ “बि” र रामबन टांडी एफ.सि प्रतिस्पर्धा गरेको थियो । प्रतिस्पर्धामा कोसेली युथ “बि” र रामबन टांडी एफ.सि समय अवधिमा एक गोल पनि गर्न नसकेपछि खेल पेनाल्टीमा गएको थियो पेनाल्टीमा कोसेली युथ “बि”ले रामबन टांडी एफ.सिलाई पराजित गर्दै खेलको सेमिफाइनलमा प्रवेश गरेको हो ।
तेसैगरि कोसेली कपमा आजै भएको दोस्रो खेलमा त्रिशूल युवा क्लब र न्यु सुन्दरबस्ती एफ.सि बिच प्रतिस्पर्धा भएको थयो । प्रतिस्पर्धामा त्रिशूल युवा क्लबले सुन्दरबस्ती एफ.सिलाई २-० गोलको अन्तरले पराजित गर्दै खेलको सेमिफाइनलमा आफ्नो ठाउँ बनाउन सफल भएको हो ।
यस अघि हिजो भएको उद्घाटन खेलमा दिब्य ज्योति एफ.सि र नव जनप्रगति युवा क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगितामा विजेता टिमलाई ३० हजार नगद र दोस्रो विजेतालाइ २० हजार नगद पुरस्कार सहति सिल्ड र मेडलको व्यवस्था रहेको छ ।




