एस.एस. पटेल, बारा ।
बाराको सिमरामा संचालन भईरहेको दोस्रो कोसेली कपमा आज सेमिफाइनलको दुई खेल सम्मान भएको छ । आज सम्पन्न भएको पहिलो खेलमा नव जनप्रगति युवा क्लब विजयी भएको छ भने दोस्रो खेलमा त्रिशूल युवा क्लब विजयी भएको हो । आज विजयी भएको दुबै क्लब बिच भोलि दिनको ३ बजे फाइनल खेल हुने छ ।
सेमिफाइनलको पहिलो खेलमा दिव्य ज्योति एफ.सि र एन.जे.पि.वाइ.सि (नव जनप्रगति) प्रतिस्पर्धा गरेको थियो । प्रतिस्पर्धामा दिव्य ज्योति एफ.सि र एन.जे.पि.वाइ.सिले समय अवधिमा एक गोल पनि गर्न नसकेपछि खेल पेनाल्टीमा गएको थियो पेनाल्टीमा दिव्य ज्योति एफ.सिलाई एन.जे.पि.वाइ.सिले पराजित गर्दै खेलको फाइनलमा प्रवेश गरेको हो ।
तेसैगरि कोसेली कपमा आजै भएको दोस्रो सेमिफाइनल खेलमा त्रिशूल युवा क्लब र आयोजक क्लबको कोसेली युथ “बि” बिच प्रतिस्पर्धा भएको थयो । प्रतिस्पर्धामा त्रिशूल युवा क्लबले आयोजकलाई १-० गोलको अन्तरले पराजित गर्दै खेलको फाइनलमा आफ्नो ठाउँ बनाउन सफल भएको हो ।
प्रतियोगितामा विजेता टिमलाई ३० हजार नगद र दोस्रो विजेतालाइ २० हजार नगद पुरस्कार सहति सिल्ड र मेडलको व्यवस्था रहेको छ ।




