जीतपुरबाट पेस्तोल सहित एक जना पक्राउ

इलाका प्रहरी कार्यालय जितपुरले कटुवा पेस्तोल र २ राउन्ड गोली सहित एक जनालाइ पक्राउ गरेको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-७ जितपुरको शान्तिटोल स्थित रहेको एक मन्दिरमा आफुलाई पुजारी भन्दै बस्दै आएका महोतरी घर भएका प्रमोद चौधरीलाई आज शान्ति टोल स्थितनै एक सैलुनमा संका लागेपछि जेक जाँच गर्ने क्रममा उनको साथमा पेस्तोल र २ राउण्ड गोली फेला परेको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख दिप राणाले जानकारी दिनु भयो ।