म जिते पछि बारामा विकासको बत्ती बल्छ बारा क्षेत्र ४ (१) उम्मेदवार: सन्तोष कुशवाहा

बारा, कार्तिक ७ गते ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहाले आफू जिते पछि बारामा विकासको बत्ती बल्ने प्रतिबद्धता गरेका छन् ।

बारा क्षेत्र नम्बर ४ (१) को विभिन्न वडाहरूमा आज दिपावलीको दिन शुभकामना दिदै आफू जितेपछि बारामा विकासको बत्ती बल्ने बताउनु भएको थियो ।

बारामा विकासको आशाका किरण भनेर निकै चर्चामा रहेका सन्तोषको लोकपि्रयता दिनप्रतिदिन बढ्दै गएको छ ।