एस.एस. पटेल, बारा ।
बाराको जीतपुरमा डेंगी संक्रमणले एक जनाको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको शिवपार्वती हल टोलामा अन्दाजी ३३ वर्षिय एक महिलाको मृत्यु भएको हो ।
जीतपुरमा डेंगी संक्रमण संग बच्न उपमहानगरले कुनै किसिमको किट्नासक औषधी नछरेको कारण जीतपुरमा डेंगु रोगले बिक्राल रूप लिसकेको छ । जीतपुरमा मात्र करिब ५० जनाभन्दा बढि मानिसहरू डेंगी रोगले ग्रसित छन् ।
नगरको लापरबाहीले गर्दा स्थानिय नरेन्द्र प्रसाद श्रिवास्तवको ३३ वर्षिय छोरी पुजा वर्माको आज नेशनल मेडिकल कलेज विरगञ्जमा उपचारको क्रममा मृत्यु भएको स्थानीयहरूले बताएका छन् ।
डेंगी रोगले ग्रसित ३३ वर्षिय पुजाको विरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भैरहेको थियो । उपचारको क्रममा उनको स्वास्थ्य अवस्था सुधार नभए पछि उनलाई नेशनल मेडिकलमा रिफर गरिएको थियो ।




