जीतपुरसिमराको २ र ५ नम्बर वडामा ५ दलिय गठबन्धनको घरदैलो सम्पन्न

बारा, कर्तिक २९ गते ।

५ दलिय गठबन्धनले बारा ४ मा घरदैलो अभियानलाई तिब्रता दिएको छ ।

मंसिर ४ को निर्वाचनलाई मध्यनजर गर्दै ५ दलिय गठबन्धनले घरदैलो अभियानलाई तिब्रता दिएको हो । अभियान अन्तर्गत जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर २ र ५ मा आज घरदैलो सम्पन्न भएको छ ।

प्रतिनिधी सभा सदस्य उम्मेदवार किसान श्रेष्ठ र प्रदेश सभा सदस्य उम्मेदवार अनिल श्रेष्ठको उपस्थितिमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । घरदैलोमा ५ दलिय गठबन्धनका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।