महोत्तरी, मंसिर ३-
महोत्तरीको बर्दिवास–११ स्थित खयरमाराको पाँचे टोलबाट प्रहरीले एक उम्मेदवारको गाडीबाट डेढ लाख रुपैयाँ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय (महोत्तरी) का प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योञ्जनको गाडीबाट शुक्रबार साँझ १ लाख ५२ हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो। बा १४ च ८८७४ नम्बरको स्कर्पियोमा रहेका मानिसबाट उक्त रकम बरामद भएको थियो।
योञ्जन प्रदेश सभा महोत्तरी क्षेत्र नं १ (२) का स्वतन्त्र उम्मेदवार हुन्। योञ्जनले आचारसंहिताविपरीत मतदातालाई प्रलोभनमा पार्न पैसा बोकेर हिँडेको आशंकामा प्रहरीले नगद बरामद गरेको हो।




