बारा, पुष ८ गते ।
बाराको महागढीमाई नगरपालिकामा गोलि चलेको छ ।अज्ञात समूहले चलाएको गोली लागेर एक जना व्म्भव्यवसायी घाइते भएका छन् ।
अज्ञात समुहद्भारा चलाइएको गोली लागेर भारतीय व्यापारी शिवपुजन यादव गम्भीर घाइते भएका हुन् ।महागढीमाई नगरपालिका भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली चलाएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
गम्भीर घाइते यादवको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घट्नाको थप अनुसन्धान भैरहेको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनु भयो ।




