- एस.एस. पटेल, बारा ।
कोरोनाको महामारीको समयमा टिम जीतपुरले दिनहु १०० भन्दा बढि परिवारलाई राहत वितरण गर्दै आएको छ । स्व. विनोद मिश्राको नाममा संचालन भएको विनोद मिश्रा फाउन्डेसनले राहत वितरण गर्दै आएको हो ।
विनोद मिश्रा फाउन्डेसनको आयोजनामा टिम जीतपुरले असाहाय र गरिवलाई खाद्यान्न समान वितरण गर्नुका साथै विभिन्न अस्पताल र सरकारी कार्यालयरहरूमा स्वास्थ्य सामाग्रि वितरण गर्दै आएको टिम जीतपुरका सदस्य ओमकार गुप्ताले बताउनु भयो ।
विरगञ्जको भन्सार कार्यालयमा स्वास्थ्य सामाग्रि, विरगञ्जको नारायणी अस्पतालमा स्टेचर लगायतको सामाग्रि र विभिन्न प्रहरी कार्यालयमा तापक्रम नाप्ने गन, अक्सिमिटर, सेनिटाईजर, मास्क लयातको स्वास्थ्य सामाग्रि वितरण गरेको फाउंडेसनले जनाएको छ ।
टिम जीतपुरले दुखी अनुहारलाई खुशिमा परिणत गर्दै सबैको माया र स्नेह पाईरहेको छ । टिम जीतपुरबाट राहत पाएका एक जनाले टिम जीतपुर अहिले भग्वानको रूपमा आएर सहयोग गरिरहेको बताउदै चुनावमा जितेका जनप्रतिनिधि कुन दुलोमा लुकेका छन् भन्दै प्रश्न गर्दै भकानिएका थए ।
टिम जीतपुरका अनुसार सहयोगी दाताहरू विश्वास गरेर आफुहरूलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्दै आएका छन् । साथै टिम जीतपुरमा आबद्ध रहेका सदस्यहरू पनि सकेको आर्थिक र भोतिक सहयोग गरिरहेका छन् ।




