पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ । आगामी १२ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम राखिएको थियो । तर,आजै एक सूचना जारी गर्दै निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराईएको छ । नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका कार्यतालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय … Read more

यी हुन् सहकारी ठगीमा फरार २९ जना

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनमा सहकारी प्रकरणमा २९ जना फरारको सूचीमा रहेको संसदीय छानबिन विशेष समितिले जनाएको छ । समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित २९ व्यक्ति फरारको सूचीमा … Read more

यी प्रदेशमा आज चट्याङसहित वर्षा हुने

काठमाडौं, असोज ४- देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति … Read more

७ वर्षपछि फिल्ममा अभिनय गर्दै राजेश हमाल

काठमाडौं, असोज ४- अभिनेता राजेश हमाल सात वर्षपछि फिल्ममा कमब्याक गर्दैछन्। उनको शीर्ष भूमिका रहने फिल्म ‘नरसिंहा अवतार’ को छायांकन केही दिनमा सुरू हुँदैछ। यो फिल्ममा राजेश नयाँ लुक्समा प्रस्तुत हुँदैछन्। यतिबेला उनले पात्रको लुक्स बनाइरहेका छन्। बिहीबार आयोजित एक कार्यक्रममा उनी नयाँ लुक्समा देखिए। ‘सम्पूर्ण गेटअप त तयार गर्नै बाँकी छ। तर यो अलिअलि … Read more

भुपु सैनिकद्वारा स्थापित उद्यमशील सहकारी डुमरवानाको सेवा अब आफ्नै भवनबाट

सिमरा, असोज ३ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवाना सुन्दरबस्तीमा रहेको उद्यमशील बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट सेवा शुरु गरेको छ । संस्थाको १२ औं बार्षिक साधारण सभाको अवसर पारेर विहिबार नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको संस्थाका मुख्य व्यवस्थापक कृष्ण नेपालले जानकारी दिए । भवन उद्घाटन एवं संस्थाको १२ औं बार्षिक साधारण … Read more

चितवनको माडीमा मोटरसाइकलको ठक्करबाट एक जना गम्भिर घाइते, चालक फरार

आरती राउत, माडि, असोज ३ गते । चितवन जिल्लाको माडी नगरपालिका वडा नम्बर १ बरुवामा मोटरसाइकलको ठक्करबाट एक जना गम्भिर घाइते भएकी छन् । बुधवार साँझ ७ः५० बजेको समयमा ना ४३ प ७०४१ नम्बरको मोटरसाइकलले पैदलयात्री बरुवाकी ६० वर्षीय हठनी कुमारी महतोलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी महतोको भरतपुर स्थित पुरानो … Read more

चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रानकप :सिमरा, पोखरा, दार्जिलिङ र कोलकत्ता बिजयी

सिमरा, ०२ असोज । चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिता अन्तर्गत बुधबार एकैदिन चार खेल सम्पन्न भएका छन् । सिमरा रंगशालामा सम्पन्न खेलमा सिमरा, पोखरा, दार्जिलिङ र कोलकत्ताले जीत हात पारेका छन् । बिहान ७ बजे भएको पहिलो खेलमा ए.बि.सी. भेट्रान क्लब पोखराले हाम्रो धरान भेट्रान फूटबल क्लबलाई टाईब्रेकरमा ३–२ ले पराजित गरेको हो । … Read more

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलामा ३ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा … Read more

सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं । सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार बिहान १० :८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो । भूकम्पको धक्का बझाङ, डोटी, बैतडी, बाजुरा र अछाम लगायतका जिल्लाहरुमा महसुस गरिएको थियो । यस अघि भदौ २८ गते बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा ३.७ रेक्टर स्केलको भूकम्प … Read more

विश्वकप लिग-२ मा आज नेपालले ओमानको सामना गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज ओमानको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुदै छ । सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाली टिम यो खेलमा दबाबमा खेल्ने छ । नेपाल … Read more