आरती राउत, माडि, असोज ३ गते ।
चितवन जिल्लाको माडी नगरपालिका वडा नम्बर १ बरुवामा मोटरसाइकलको ठक्करबाट एक जना गम्भिर घाइते भएकी छन् । बुधवार साँझ ७ः५० बजेको समयमा ना ४३ प ७०४१ नम्बरको मोटरसाइकलले पैदलयात्री बरुवाकी ६० वर्षीय हठनी कुमारी महतोलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी महतोको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालक फरार छन् । उनको खोजी कार्य जारी छ । मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



