चितवनको माडीमा गैंडाको आक्रमणबाट एक जना घाइते

चितवन, साउन २- चितवनको माडी नगरपालिका–८ खरकट्टामा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । सिन्धुली घर भई माडी–८ शिव द्वारस्थित मगर होमस्टेमा काम गर्ने वर्ष ४० को साइला भन्ने मिलन लामालाई आज बिहान साढे ३ बजे स्थानीय रामचन्द्र ढकालको खेतमा आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट परी घाइते भएका लामाको बघौडा अस्पतालमा उपचार भइरहेको … Read more

बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा … Read more

छोराबुहारीले वनमा लगेर छोडेका ७० वर्षिय वृद्धको उद्धार

आरती राउत, साउन २ गते मोरङमा आफ्नै छोराबुहारीले वनमा लगेर छोडिदिएका एक वृद्धको उद्धार गरिएको छ । जिल्लाको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक ७० वर्षिय वृद्धलाई वन कर्माचारीले उद्धार गरेका हुन् । बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट आज ७० वर्षीय उमेर बताउनुहुने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो । वन हेरालु टोलीले … Read more

आज २०८१ साल साउन २ गते बुधवार, यस्तो छ तपाईको राशिफल

साउन २- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला … Read more

रुकुम पश्चिममा मध्यराति बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, एक बेपत्ता

सुर्खेत,साउन १- रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका पुरिएका छन् । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार आठ वर्षीय हितमाया पुन, पाँच वर्षीया धनिसा पुन, चार वर्षीया मनिसा सार्की पुरिएका र ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएको जानकारी दिनुभयो । उहाँले बाढीले घर बगाउँदा १० वर्षीया विजय … Read more

बारामा एक थान कटुवा पेस्तोलसहित दुई जना पक्राउ

बारा, असार ३० गते । बारामा १ थान कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ११ बस्ने ४० वर्षीय राम कृपाल साह र २४ वर्षीय समसुदिन अंसारीलाई १ थान कटुवा पेस्तोलसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरू बीच एकआपसमा झैंझगडा हुँदा दुवै पक्षलाई प्रहरी चौकी बरियापुरमा … Read more

काँग्रेस र एमालेबीच टुंगियो मन्त्रालयको भागबन्डा

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगाएका छन् । स्रोतका अनुसार नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था, कृषि र  बन मन्त्रालय पाउने भएको छ । त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला … Read more

केपी ओली प्रधानमन्त्रीमा नियुक्त,शपथ भोलि बिहान हुने

काठमाडौं,असार ३०- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन … Read more

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १०८ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म १ सय ८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा … Read more

बाराको छातापिपरामा मोटरसाईकल दुर्घटना, १ जना गम्भिर घाईते, थप उपचारको लागि काठमाडौं लगिदै

बारा, असार ३० गते  । बारा जिल्लाको छातापिपरामा मोटरसाईकल दुर्घटना हुदा एक जना गम्भिर घाईते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ छातापिपराको गोदावरी पेट्रोल पम्प नजिकै मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो । विरगञ्ज तर्फबाट जीतपुर तिर आउदै गरेको प्रदेश २-०३-०१६प ०७४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा जीतपुरसिमरा-७ निवासी फुर्तिलाल कलवारका छोरा मोटरसाईकल … Read more