शान्ति युवा विकास मञ्च जीतपुरको आयोजनामा रक्तदान सम्पन्न, ५ महिलासहित ७० जनाले गरे रगत दान

बारा, असार २९ गते । बाराको जीतपुरमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शान्ति युवा विकास मञ्ज जीतपुरको अयोजनामा सम्पन्न भएको रक्तदान कार्यक्रममा ५ महिला सहित ७० जनाले रगत दान गरेका हुन् । देश भर रगतको अभाव भएको समयमा शान्ति युवा विकास मञ्ज जीतपुरले रक्तदान कार्यक्रमको अयोजना गरेर समाजको लागि निकै ठुलो योगदान गरेको … Read more

कांग्रेसको समर्थनमा ओलीले गरे प्रधानमन्त्रीको दाबी पेस

काठमाडौं,असार २८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन्। राष्ट्रपति निवास शीतलनिवास पुगेर ओलीले दाबी पेस गरेका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी पेस गरिएको हो। संख्या उल्लेख नगरी संसदीय दलको नेताको रुपमा देउवा र ओलीले राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका हुन्। कांग्रेसका ८८ र एमालेका … Read more

जीतपुरसिमरा-७ का वडा अध्यक्षसहित ६ जनालाई कैदको फैसला, जिल्लाको फैसलाविरुद्ध उच्च जाने तयारीमा वडा अध्यक्ष

बारा, असार २८ गते । जिल्ला अदालत बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सहित ६ जनालाई कैद फैसला सुनाएको छ । अदालतले अपराधिक उपद्रव मुदामा वडा अध्यक्ष सुनिल कुमार गुप्ता सहित ६ जनालाई एक महिना कैद र जनही एक हजार जरिवानाको फैसला सुनाएको हो । वडा अध्यक्ष गुप्ताले डोजर लगाई स्थानीय तहको … Read more

तस्करी विरुद्ध समाचार लेखेको पत्रकारलाई धम्की

बारा, २८ असाढ विभिन्न मुद्दामा फरार प्रतिवादीलाई बारा प्रहरीले संरक्षण गरिरहेको एक घटनाले पुष्टि गरेको छ । बैकिङ्ग कसुर मुद्दा लगायत पत्रकार धम्की कान्डमा फरार रहेको धर्मेन्द्र यादव बारा प्रहरी कै संरक्षण र ईशारामा धम्काउने गरेको रहस्य बाहिरिएको हो । बारा जिल्लाबाट प्रकाशित शुभ आरम्भ रास्ट्रिय दैनिकका प्रकाशक अनिल पाण्डेलाई बैन्किङ्ग कसुर मुद्दामा फरार भनिएका … Read more

सिमलतालमा पहिरोले दुई बस बगाएको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

असार २८- नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले दुई वटा यात्रुबहाक बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् । साथै बेपत्ताहरुको खोजी गरी उद्धार गर्न गृह प्रशासन लगायत सबै निकायलाई निर्देशन दिएका छन् । वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रु बहाक बस र काठमाण्डौबाट गौरतर्फ जांदै गरेको … Read more

कास्कीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो

पोखरा, असार २८- कास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता २ जनाको पनि शव फेला परेपछि मृतकको संख्या ११ पुगेको हो । पोखरा–३२ स्थित आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया … Read more

जीतपुरसिमराको नगर सभा विरुद्ध मुद्दा : दुबै पक्षलाई उपस्थित हुन अदालतको आदेश (पत्र सहित)

जीतपुरसिमराकाे नगरसभा बिरूद्व उपप्रमुख, वडा अध्यक्षहरू सहित ९१ कार्यपालिकाद्वारा नगर प्रमुख सहित प्रमुख प्रशासकीय  अधिकृत  बिरूद्व जनकपुर उच्च अदालत बिरगंजमा मुद्दा  दायर गरिएको छ । न्यायाधीश भरत लम्सालकाे ईजलासबाट मुद्दा सुनुवाई भएको छ । जीतपुरसिमराकाे नगरसभा सञ्चालन  नियमावली २०७५ काे नियम ५ काे उपनियम ४ बमोजिम असार १० गते तेश्राे पटक २५ प्रतिशतबाट जितपुरसिमरा नगरसभा … Read more

आज राति एनटीसीको सिम कार्डमा रिचार्ज नहुने

काठमाडौं, असार २५- नेपाल टेलिकमको सिम कार्डमा आज राति रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ। राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। तर मोबाइल भ्वाइस, डाटा, एसएमएस … Read more

एकीकृत समाजवादीमा बढ्यो आन्तरिक कलह

काठमाडौं, असार २५- नेकपा एमालेबाट छुट्टिएर बनेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी ३ वर्ष नपुग्दै पार्टीभित्र आन्तरिक कलह देखिन थालेको छ । एकीकृत समाजवादीले गत साता मात्रै १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरे पनि पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टीको महाधिवेशन चलिरहँदा समाजवादीका नेता प्रेमबहादुर आले भारत भ्रमणमा निस्किए । उनी महाधिवेशन सकिएपछि … Read more

नूनको मूल्य प्रतिकेजि तीन रुपयाँले बढ्यो

काठमाडौँ, असार १८ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु … Read more