बारा, असार २९ गते ।
बाराको जीतपुरमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शान्ति युवा विकास मञ्ज जीतपुरको अयोजनामा सम्पन्न भएको रक्तदान कार्यक्रममा ५ महिला सहित ७० जनाले रगत दान गरेका हुन् ।
देश भर रगतको अभाव भएको समयमा शान्ति युवा विकास मञ्ज जीतपुरले रक्तदान कार्यक्रमको अयोजना गरेर समाजको लागि निकै ठुलो योगदान गरेको रेडक्रसले बताउछ । ब्लड बैंकमा अहिले सबै ग्रुपको ब्लडको अभाव रहेको रेडक्रस सोसाईटी विरगञ्जले बताएको छ ।
रक्तदान जिवनदान भन्ने मुलनाराका साथ जीतपुरसिमरा उपमहानगरापालिका वडा नम्बर ७ जीतपुरको शान्तिटोल खेलमैदानमा सम्पन्न भएको रक्तदान कार्यक्रमको प्रमुख अथिति जीतपुरका वरिष्ठ शिक्षक एवं श्री फकिरा गिरी राजेश्वर गिरी मावीका प्रधानाध्यापक राजु कुमार सिंह रहनु भएको थियो ।
शान्ति युवा विकास मञ्च जीतपुरले हरेक वर्ष रक्तदान कार्यक्रमको आयेजना गर्दै आएको छ । १०० जना रगतदाता पुर्याउने लक्ष्य राखेर रक्तदान कार्यक्रमको अयोजना गरिए पनि आपत परेको समयमा क्लबकै दर्जनौ सदस्यहरुले अस्पतालमै गएर रगत दान गरेको हुदा लक्ष्य सम्म पुग्न नसकेको क्लबका अध्यक्ष विवेक सोनरले बताउनु भयो ।
क्लबले रक्तदान कार्यक्रम सम्पन्न भएसंगै नयाँ कार्यसमिति पनि चयन गरेको छ । शान्ति युवा विकास मञ्चका अध्यक्ष विवेक कुमार सोनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्यसमितिको अध्यक्षमा योगेश अधिकारी, उपाध्यक्षमा अजय कुमार साह कलवार, सचिवमा अशोक दास, सह–सचिवमा संतोष साह, कोषाध्यक्षमा दिनेश सर्राफ सहित १३ सदस्यीय मूल कार्यसमिति गठन गरिएको छ ।



