टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दै

काठमाडौं, १८ फागुन । जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दैछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुने छ । यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने अवस्था रहेको छ । नेपालले लगातार दुई खेलमा हार बेहोरेर दबाबमा आएको छ । नेपालले नामिबियाविरुद्धको खेल २० रनले … Read more

भरतपुर भ्रमण वर्षको आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै

चितवन, फागुन १८- भरतपुर भ्रमण वर्ष २०२४ को आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारीक रुपमा उद्घाटन गर्दै छन् । नारायणी नदी किनारमा आज दिउँसो १ बजे भ्रमण वर्षको उद्घाटन गरिँदै छ । भ्रमण वर्षको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड हिजो (बिहीवार) नै चितवन आइपुगेका छन् । उद्घाटन अघि पूर्व–पश्चिम राजमार्ग केन्द्रित गरी विभिन्न स्थानबाट विविध झाँकीसहितको … Read more

दूध बेचेको पैसा नपाउँदा बाराका किसान सडकमा

बारा, १७ फागुन । बाराका दुग्ध उत्पादक किसानले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण माग गर्दै बिहीबार बारामा प्रदशर्न गरेका छन्।  उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूध तथा दुग्धजन्य पदार्थको रकम भुक्तानी नपाएको भन्दै किसानले पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ नगरपालिका स्थित शहिद चोकमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गर्दै विरोध जनाएका थिए। उनीहरूले … Read more

भ्रमण वर्षको उद्घाटनका लागि प्रचण्डसहित पाँच पूर्वप्रधानमन्त्री चितवन आउँदै

चितवन, फागुन १७- भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को भोलि औपचारीक रुपमा उद्घाटन गरिँदै छ । नारायणी नदी किनारमा भव्य कार्यक्रम गरेर उद्घाटन हुने भ्रमण वर्ष २०२४ को उद्घाटनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै चितवन आउँदै छन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने … Read more

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, १७ फागुन । चितवनको रत्ननगर नगरपालिका–९, कृष्ण मन्दिरनजिक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।  बुधबार मध्यराति प्रदेश २–०३–००१ख ६९९६ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री एक पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान नखुलेको प्रहरीको भनाइ छ ।  ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

आमा बन्दैछिन् दीपिका पादुकोण

नयाँ दिल्ली, फागुन १८- भारतीय अभिनेत्री दीपिका पादुकोण आमा बन्न लागेकी छिन् । अभिनेत्री आफैँले उनी गर्भवती भएको घोषणा गरेकी हुन् । दीपिकाले रणवीर सिंहलाई ट्याग गर्दै एउटा पोस्ट गरेकी छिन् । पोस्टमा शिशुको लुगा, जुत्ता, खेलौना आदिले २०२४ सेप्टेम्बरलाई घेरेको छ । अर्थात् दीपिका रणवीरको पहिलो सन्तानको जन्म सेप्टेम्बरमा हुनेछ । दीपिकाको यो पोस्टमा … Read more

वाफको फाइनलमा आज नेपालको भिडन्त जोर्डनसँग

काठमाडौं, १७ फागुन । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग खेल्दैँछ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि शुरु हुदैँछ ।  नेपालले मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डन भने … Read more

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान

चितवन, फागुन १७- भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हाे। ठेक्का आह्वानकाे म्याद एक महिना राखिएकाे छ । महानगर र बागमती प्रदेश सरकारकाे लागत साझेदारीमा रंगशालाको बाँकी काम अगाडि बढाउन लागिएको हो । धुर्मुस सुन्तली फाउण्डेशनले … Read more

सङ्घीयता कार्यान्वयन उच्च प्राथमिकतामाः प्रधानमन्त्री

काठमाडौँ, फागुन १६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले विगत चार वर्षदेखि बस्न नसकेको सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐनबमोजिम गठित राष्ट्रिय समन्वय परिषद्को बैठक यसै वर्ष दुईपटक बसी सङ्घीयताको कार्यान्वयनका सम्बन्धमा विभिन्न निर्णयहरू … Read more

भरतपुर मेयर्स कपः वाल्मीकि र अर्किड फाइनलमा प्रवेश

चितवन, फागुन १६– वाल्मीकि शिक्षा सदन र अर्किड स्कुल एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (बुधबार) भएका सेमीफाइनलका खेलहरुमा सहज जित निकाल्दै वाल्मीकि र अर्किडले उपाधिका लागि भेट पक्का गरेका हुन् । पहिलो सेमीफाइनलमा वाल्मीकिले सनराइज इङलिस स्कुललाई १८ रनले पराजित … Read more