प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

काठमाडौँ, पुस १४- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा … Read more

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

काठमाडौं,पुस १३- जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रवार उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । त्यसका … Read more

नक्कली नोटसहित महिला प्रकाउ

काठमाडौं, पुस १३- काठमाडौंमा २४ थान नक्कली नोटसहित एक जना पक्राउ परेकी छन्। गोकर्णेश्‍वर नगरपालिका-४ बाट १ हजार दरको २४ थान नक्कली नोटसहित रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङलाई प्रहरीले प्रकाउ गरेको हो । नक्कली नोटको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले नोटसहित उनलाई पक्राउ गरेको हो।

नारायणीको पुलबाट हाम फालेर एक सातामा तीन जनाको मृत्यु

भरतपुर,पुस १३- चितवनको नारायणी नदी पुलबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । बिहिबार दिउसो परिचय नखुलेका अन्दाजी ५०/५५ बर्षका पुरुषले नारायणीको पुलबाट हाम फालेका थिए । स्थानियले देखेपछि उनलाई उद्धार गरिएको थियो । वडा प्रहरी कार्यालबाट खटिएको विपद् उद्धार टोलीले उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल पठाएकोमा उपचारका क्रममा साँझ ४ः३० बजे मृत्यु … Read more

प्रधानमन्त्रीले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, पुस १०- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए । ‘पुस १० गते दिउँसो ठिक ३ बजे प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको छ’, … Read more

स्टाफ नर्स न्युक्तिको विषयमा अदालतलाई भ्रमित पार्दै निजि विद्यालय

बारा, पुष ९ गते । उच्च अदालत जनकपुर अस्थायी इजलास विरगञ्जलाई निजि विद्यालयहरुले भ्रमित बनाउन प्रयास गरिरहेका छन् । निजि विद्यालयहरुले स्कुलमा स्टाफ नर्स नराखेको भन्दै मुदा परेको थियो । उक्त मुदालाई कम्जोर बनाउने उदेश्यले निजि विद्यालयहरुले आफुहरु स्थाफ नर्स राखेको झुटो पेपर पेस गरेर अदालतलाई भ्रमित बनाएको पाइएको छ । कानुन विद्यार्थी प्रकृती कर्ण … Read more

नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नतिका लागि आजदेखि रास्वपाको दबाब यात्रा

नवलपुर,पुस ९- राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारबाट चितवनको नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा आयोजना गर्ने भएको छ । आइतबार सो पार्टीका सभापति रवि लामिछानेले सोमबारदेखि ३ दिनसम्म दबाब यात्रा आयोजना गर्ने जानकारी दिएका हुन् । ‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको सो अभियान सोमबार बिहान ९ बजे गैँडाकोट पुल्चोकबाट सुरु हुने जनाइएको छ । ११३ किलोमिटर दूरी पार … Read more

नवलपुरमा बाघको आक्रमणबाट दुइ जनाको मृत्यु

नवलपुर,पुस ९- नवलपुरमा बाघको आक्रमणबाट एकैघरका दुइ जनाको मृत्यु भएको छ । जिल्लाको विनयीत्रिवेणी गाउपालिकमा वडा नम्बर १ को खहरे जंगलमा घाँसकाट्न गएका सासू बुहारीको बाघको आक्रमणबाट ज्यान गएको हो । बाघको आक्रमणबाट २८ बर्षीया विष्णु पौडेल र उनकी सासू ६० बर्षीया मनादेवी पौडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरिक्षक … Read more

काठमाडौं कोलम्बस स्कुलद्धारा दुई दिने अन्तर विद्यालय फुटसल प्रतियोगिता भव्य रुपले सम्पन्न

काठमाडौं महानगरपालिका १० , बुद्धनगरस्थित काठमाडौं कोलम्बस स्कुलले १३ वर्ष मुनिको दुई दिने अन्तर विद्यालय फुटसल प्रतियोगिता भव्य रुपले सम्पन्न गरेको छ। भिसिओनोभा बहुउद्देश्यीय कम्पनी (VISIONOVA MULTIPURPOSE COMPANY ) र लायन्स क्लब अफ काठमाण्डू सिद्धिविनायकको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रम २०८० पौष ५ र ६ गते भिसिओनोभा फुटसलको फराकिलो मैदानमा भएको थियो । यस प्रतियोगितामा … Read more

नेपाली वेब सीरीज कैँचीको लागि कास्टिङ कल

बारा, पुष ७ गते । नेपाली वेब सिरिज कैँचीको लागि कास्टिङ कल गरिएको छ । बारा, पर्सा, रौटहट सहित मधेस प्रदेशका लोकल कलाकारको लागि कास्टिङ कल गरिएको हो । नेपालको तराई मधेश क्षेत्रमा घट्ने विभिन्न घटना तयार पारिने यो वेब सीरीजको लागि ३५ देखी ६० वर्ष उमेर सम्मका ४० जना पुरुष, २५ देखी ४० वर्ष … Read more