तराई-मधेसका जिल्लाहरुमा ह्वातै चिसो र शितलहर बढेपछि चिसोका कारण प्रदेश नम्बर २ मा दुईजनाले ज्यान गुमाएका छन् ।
प्रदेश नम्बर २ को धनुषा र सप्तरी जिल्लामा जाडोमा कठ्याङ्ग्रिएर उनीहरुको मृत्यु भएको बुझिएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको हो ।
यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिए ।
यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता यादवले बताइन् ।
जाडो बढेपनी स्थानीय तहहरुले त्यसकालागी खासै तयारी गरेको छैन ।




