- एस.एस. पटेल, बारा ।
आफ्नो राम्रो कामले नगरमा छुट्टै छाप बनाएका बाराको निजगढ नगरपालिका वडा नम्बर २ का वर्डा अध्यक्ष केशव ढोडारीले मतदाता नामावलीमा दर्ता हुन बाकि रहेका आफ्नो वडा वासिहरूलाई स्वयम् ईलाका प्रशासन कार्यालय कोल्हबी लगेर मतदाता नामावलीमा नाम दर्ता गराउनु भएको छ ।
वडा अध्यक्ष ढोडारीले यस अघि पनि यस्ता यस्ता काम गरेर आफ्नो वडा सहित नगरमै छुट्टै छाप बनाउनु भएको छ । मतदाता नामावलीमा नाम दर्ता गराउन वडाले सिफारिस मात्र दिएर प्रशासनमा पठाउने चलन छ ।
तर निजगढ नगरपालिका वडा नम्बर २ का वर्डा अध्यक्ष केशव ढोडारीको अनुसार आफ्नो वडा वासिलाई कुनै किसिमको समस्या नहोस भनेर आफै ईलाका प्रशासन कार्यालय कोल्हबी पुगेर वडा वासिको नाम मतदाता नामावलीमा चढाउन लगाउनु भएको हो ।
वडा वासि संगै प्रशासन कार्यालय पुगेका वडा अध्यक्ष ढोडारीलाई सबैले धन्यवाद दिएका थिए । यस्ता वडा अध्यक्ष पाएर आफ्नो वडाको विकास सहित आफुहरूलाई आवश्यक परेको समय र स्थानमा सधै सहयोग पाएको स्थानियहरू बताएका छन् ।
यो हेर्नुहोस् उंहाको यो भिडियो ।




