- जानकारी नेपाल, डेस्क ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा नेकपा एमालेले घरदैलो अभियानलाई तिब्रता दिएको छ । वडा अध्यक्ष र सदस्य उम्मेदवार सहितको प्यानललाई जिताउन एमालेले जीतपुरसिमरा ७ मा घरदैलो अभियानलाई तिब्रता दिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको मदार्शा टोलमा आज एमालेले आफ्नो चुनावी प्रचारप्रसारको घरदैलो कार्यक्रम गरेको थियो । घरदैलो कार्यक्रममा वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका उम्मेदवारहरुले वृद्धहरुबाट जितको शुभकामना पनि पाएका छन् ।
चुनावी अभियान अन्र्तगत एमालेले एक हप्ता देखी जीतपुरसिमरा उपमहानगरपालिकामा चुवानी प्रचारप्रसार सुरु गरेको थियो । जितपुरसिमरामा एमालेको तर्फबाट मेयर पदमा सरस्वती देवी चौधरी, उप–मेयरमा भोला प्रसाद अधिकारी उम्मेदवार छन् भने वडा नम्बर ७मा एमालेको तर्फबाट सुनिल कुमार गुप्ता वडा अध्यक्षका उम्मेदवार छन् ।
गुप्ताको प्यानलमा एमालेबाट नविन मैनाली, नुरुल्लाह अंसारी, सिता उप्रेती, ललिता देवी पासवान सदस्यको उम्मेदवार रहेका छन् ।




