बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आज बैशाख ११ गते देखी श्रीमद्भागवद ज्ञान महायज्ञ शुरु भएको छ । नारी शक्ति बिकास मञ्च जीतपुरको आयोजनामा महायज्ञ शरू भएको हो ।
श्रीमद्भागवद ज्ञान महायज्ञ आजबाट शुरु भई ७ दिन सम्म चल्ने छ । बिहान ९ बजे कलश यात्राको आयोजना गरि महायज्ञको शुरुवात गरिएको थियो । महायज्ञ भईरहेको स्थानबाट जलयात्रा शुरू भई जीतपुरको परिक्रमा गरि दुधावरा खोलामा गई जल ल्याईएको थियो ।
त्यस्तै दिउसो ३ बने प्रदेश नम्बर २ का भौतिक पुर्वाधार विकास मन्त्रि जितेन्द्र सोनलको प्रमुख अथित्यतामा ओपचारीक कार्यक्रमको आयोजना गरि कार्यक्रमलाई अगाडि बढाईएको थियो ।
नारी शक्ति विकाश मञ्च महिला पुनस्र्थापनाको भवन निर्माणका लागि जीतपुरमा श्रीमद्भागवद महायज्ञको आयोजना गरिएको हो । महायज्ञमा कोरोनाको माहामारीलाई मध्य नजर गर्दै स्वास्थ्य मन्त्रालयको सम्पुर्ण मापदण्ड अपनाईएको अध्यक्ष दाहालको भनाई छ ।
नारी शक्ति विकाश मञ्चले आयोजना गरेको श्रीमद्भागवद ज्ञान महायज्ञमा गरु सुदर्शण चालिसेले पर्वचन दिनुहुदै छ ।




