- जानकारी नेपाल, डेस्क ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १३ को मतगणना रोकिएको छ । निर्वाचन अधिकृतको सहि नभएको मतपत्र बदर हुने नहुने विषयलाई लिएर मतगणना रोकिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १३ को केही मतपत्रमा निर्वाचन अधिकृतको सहि नरहेको अनुमान गरिएको छ । एमालेले यस्तो मतपत्र बदर हुनु पर्छ भन्ने माग राखेको छ भने ५ दलिय गठबन्धनले सहि नभएको मतपत्र पनि गणना गर्नुपर्ने माग राखेको छ । अहिले सम्म जीतपुरसिमरा १३ को मतपेटीका सिल सहति सुरक्षित रहेको निर्वाचन आयोगले जनाएको छ ।
यता नियममा मतपत्रमा निर्वाचन अधिकृतको सहि नभएको मतपत्र बदर हुने व्यवस्था छ ।




