११औँ जीतपुरसिमरा गोल्ड कपको पहिलो खेलमा आयोजक क्लब एन.जे.जे.वाई.सि विजयी

११औँ जीतपुरसिमरा गोल्ड कप २०७७ को पहिलो खेलमा आयोजक क्लब नव जनजागृती युवा क्लबले जित हाँत पारेको छ । नव जनजागृती युवा क्लबले आयोजना गरेको ११औँ जीतपुरसिमरा गोल्ड कप प्रतियोगिताको पहिलो खेलमो आयोजक टिमले बागमती गाँउपालीका फाफरवारीलाई ४–२ को अन्तर पराजीत गरेको हो ।

११ औँ जीतपुरसिमरा गोल्ड कप २०७७ साँझका समयमा सञ्चालन भइरहेको छ , त्यसका लगि मैदानमा फ्लड लाईट जडान गरिएको छ । आज भएको पहिलो रात्रीकालिन खेलको पहिलो हापको खेलमा आयोजक नव जनजागृती युवा क्लबलले १ गोल गरेको थियो । दोस्रो हाँपको खेलमा बागमती गांउपालिका ले २ र नव जनजागृती युवा क्लबलले ३ गोल गरेको थियो ।

आजको खेलमा म्यान अफ दी म्याच नव जनजागृती युवा क्लबलेका जर्सी नम्बर १० का खेलाडी डोल्ना थापा भएका थिए । म्यान अफ दी म्याच भएका थापालाई ५००० रुपैया प्रदान गरिएको थियो । फाईनलमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्ने छ । प्रतियोगिता अवधि भर उत्कृष्ट प्रदर्शन गर्ने गोल रक्षक , डिफेन्स , मिडफिल्ड , हाई स्कोरर , फरवार्ड र प्रशिक्षकलाई जनही १५ हजार प्रदान गरिने छ ।

करिब ७० लाख ५५ हजार लागत अनुमान गरिएको प्रतियोगिताको विशेष सहयोगी जीतपुरसिमरा उपमहानगरपालिका रहेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको प्रतियोगिताको बिजेताले सात लाख र उपबिजेताले तीन लाख ५० हजार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा भोलि त्रिभुवन आर्मी क्लब र विरगञ्ज युनाईटेड क्लब विरगञ्जबिच खेल हुने आयोजकले जनाएको छ । भोलि खेल साँझ ६ बजे शुरु हुने छ ।