११औँ जीतपुरसिमरा गोल्ड कपमा आर्मीको सान्दार जित

११औँ जीतपुरसिमरा गोल्ड कप २०७७ मा आज बुधबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले सान्दार जित हांत पारेको छ । नव जनजागृती युवा क्लब सिमराले आयोजना गरेको ११औँ जीतपुरसिमरा गोल्ड कप प्रतियोगिताको दास्रो खेलमा आर्मीले विरगञ्ज युनाईटेडलाई ४–१ को अन्तर पराजीत गरेको हो ।

११औँ जीतपुरसिमरा गोल्ड कप २०७७ साँझका समयमा सञ्चालन भइरहेको छ , त्यसका लगि मैदानमा फ्लड लाईट जडान गरिएको छ । आज भएको दोस्रो रात्रीकालिन खेलको पहिलो हापको खेलमा त्रिभुवन आर्मी क्लबले ३ गोल गरेको थियो । दोस्रो हाँपको खेलमा विरगञ्ज युनाईटेडले १ र त्रिभुवन आर्मी क्लबले १ गोल गरेको थियो ।

आजको खेलमा म्यान अफ दी म्याच त्रिभुवन आर्मी क्लबका खेलाडी जर्ज प्रिन्स कार्की भएका थिए । म्यान अफ दी म्याच भएका कार्कीलाई ५००० रुपैया प्रदान गरिएको थियो । फाईनलमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्ने छ । प्रतियोगिता अवधि भर उत्कृष्ट प्रदर्शन गर्ने गोल रक्षक , डिफेन्स , मिडफिल्ड , हाई स्कोरर , फरवार्ड र प्रशिक्षकलाई जनही १५ हजार प्रदान गरिने छ ।

करिब ७० लाख ५५ हजार लागत अनुमान गरिएको प्रतियोगिताको विशेष सहयोगी जीतपुरसिमरा उपमहानगरपालिका रहेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको प्रतियोगिताको बिजेताले सात लाख र उपबिजेताले तीन लाख ५० हजार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा भोलि बिहिबार भरतपुर र सर्लाहीबिच खेल हुने आयोजकले जनाएको छ । भोलि खेल साँझ ६ बजे शुरु हुने छ ।