- एस.एस. पटेल, बारा ।
बाराको कलैयामा दुई बालकको घाँटी रेटिएको अपस्थमा शव फेला परेको छ । कलैया उपमहानगरपालिका-७ रंगपुर निवासी दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
कलैया उपमहानगरपालिका-७ कै अब्दुल गफार अन्सारीका करिब ८ वर्षीय छोरा अमन अन्सारी र करिब १० वर्षीय छोरा उस्मान अन्सारीको घाँटी रेटेर हत्या गरिएको जनाइएको छ । घटनाबारे थाहा पाउन साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थल पुगेको छ ।
स्थानीयहरुका अनुसार अब्दुल गफार अन्सारीका दुबै छोराको मंगलबार बिहान मदर्शामा शव भेटिएको हो । हिजो साँझ खेल्न भनेर घरबाट निस्किएका दुई बालक हिजोदेखि नै सम्पर्कबिहिन भएका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक गौतम मिश्र सहितको टोलि घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेका छ । मुचुल्का लिएर दुई बालकको शव पोस्टमार्टमको लागि पठाईएको डिएसपी मिश्रले बताउनु भएको छ ।





