गर्भवती महिलाहरू पेटमा बच्चा बसेको समयमा निकै सावधानी अपनाउछन् । त्यस्तो अवस्थामा सामान्य चोट लाग्दा पनि बच्चा खेर जाने सम्भावना हुन्छ । त्यहि कारण हुनसक्छ अधिकांश महिला एवं पुरुषहरु गर्भवती रहेको समयमा यौन सम्पर्क राख्न चाहदैनन् ।
चिकित्सकका अनुसार गर्भवती भएको बेला महिलाको शरीरमा हर्मोनहरु अदल बदल भइरहेको हुन्छ । यो अवस्थामा महिलालाई यौनको भोक बढी हुन्छ । कतिपय महिलाहरूले गर्भवती हुँँदा गरिएको यौन सम्पर्कमा बढी आनन्द प्राप्त गर्दछन् । यौन सम्पर्क केबल एकछिनको रमाईलो मात्रै हैन । श्रीमान श्रीमतीविच नजिक हुने महत्वपूर्ण अवसर पनि हो ।
यो अवस्थामा महिलाको शरीरमा रक्तसञ्चारको गती बढी हुन्छ त्यसकारण पनि महिलाहरुले यौनको आनन्द बढी लिन्छन् । चिकित्सकका भनाई अनुसार गर्भवती महिलासंग जुनसुकै समयमा पनि यौनसम्पर्क गर्न सकिन्छ ।




