मकवानपुर प्रहरीले एक क्विन्टल गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित सडकखण्डमा ना २ ख ९८६२ नं. को ट्रकलाई चेक गर्नेक्रममा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
गाँजा सहित पक्राउ पर्नेमा ट्रक चालक काभ्रेको महाभारत गाउँपालिका वडा नं. ५ बस्ने ४९ वर्षीय आइते बहादुर ठाडामगर भिमफेदी गाउँपालिका ९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका १० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बा रहेका छन् । उनिहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।
प्रहरीका अनुसार राजकुमार र सुबिन गाँजा ओसारपसारमा संलग्न व्यक्ति हुन् ।




