बारामा सशस्त्र प्रहरीद्वारा ३० किलो बरामद

  • एस.एस. पटेल, बारा ।

बाराको पचरौता नगरपालिका – १ मुसर बस्तीमा मंगलबार बिहानको समयमा ३० केजी गाँजा बरामद भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. पिपरपातीबाट सशस्त्र प्रहरी निरीक्षक कमल पन्थीको कमाण्डमा खटिएको प्रहरी टोलीले सो परिमाणको गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार गस्ती टोलीलाई देख्ना साथ नेपालबाट भारततर्फ लैजादै गरेको ३० केजीको ३ पोका अवैध गाँजा तस्करहरु सोही स्थानमा गाँजा छाडी फरार भएका थिए ।

तयारी गाँजाको पोका बनाई बिहानको समयमा तस्करहरुले गाँजा नेपालबाट भारततर्फ टाउकोमा बोकी लैजादैं गरेको अवस्थामा सो गाँजा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले बताउनु भयो ।