नेपालमा थप दुई नयाँ प्रकारको कोरोना भाइरस भित्रियो

नेपालमा थप दुई नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा कोरोनाका भेरियन्ट फेला परेको हो ।

भारतमा भेटिएका ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरसको प्रकार नेपालमा पनि फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले जनाएको छ । हाल पत्ता लागेका नयाँ किसिमको कोरोना भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनले देखाएको छ ।

हाल नेपालमा कोरोना संक्रमित गम्भीर हुने दर र मृत्युदर बढ्नुको कारण पनि नयाँ भेरियन्टको संक्रमण भएको विज्ञहरूको भनाई छ ।