एस.एस. पटेल, बारा ।
बाराको कलैया उपमहानगरपालिकामा दुईजना बालकहरुको हत्या गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
कलैया उपमहानगरपालिका-७ का अब्दुल गफार अन्सारीका करिब ८ वर्षीय छोरा अमन अन्सारी र करिब १० वर्षीय छोरा उस्मान अन्सारीको हत्याको आरोपमा बारा प्रहरीले एक २८ वर्षीय युवकलाई पक्राउ गरेको हो ।
दाजुभाइको हत्या प्रकरणमा संलग्न भएको आरोपमा युवकलाई पक्राउ गरिएपनि अनुसन्धान चलिरहेको कारण उसको पहिचान खुलाउँन नमिलेको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) गौतम मिश्रले जनाकारी दिए ।
‘स्थानीय एकजनालाई बालकहरुको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरेका छौँ,’ मिश्रले भने, ‘उनलाई प्रहरी हिरासतमा राखेर घटनाको समबन्धमा थप अनुसन्धान गरिरहेका छौँ । अनुसन्धान जारी रहेकोले उसको पहिचान खुलाउँन मिल्दैन ।’
यो पनि पढ्नुहोस्: कलैयाको एक मदर्शामा घाँटी रेटिएको अवस्थामा दुई बालकको शव फेला
बाराको कलैयामा दुई बालकको घाँटी रेटिएको अपस्थमा शव फेला परेको छ । कलैया उपमहानगरपालिका-७ रंगपुर निवासी दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
कलैया उपमहानगरपालिका-७ कै अब्दुल गफार अन्सारीका करिब ८ वर्षीय छोरा अमन अन्सारी र करिब १० वर्षीय छोरा उस्मान अन्सारीको घाँटी रेटेर हत्या गरिएको जनाइएको छ । घटनाबारे थाहा पाउन साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
स्थानीयहरुका अनुसार अब्दुल गफार अन्सारीका दुबै छोराको मंगलबार बिहान मदर्शामा शव भेटिएको हो । हिजो साँझ खेल्न भनेर घरबाट निस्किएका दुई बालक हिजोदेखि नै सम्पर्कबिहिन भएका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक गौतम मिश्र सहितको टोलि घटनास्थलमा पुगेर पुगेको थियो । मुचुल्का लिएर दुबै बालकको शव पोस्टमार्टम पछि शव परिवारको जिम्मा लगाईएको डिएसपी मिश्रले बताउनु भएको छ ।




