- एस.एस. पटेल, बारा ।
कोरोनाको कहरले विश्व आक्रानत भएको बेला बाराको जीतपुरसिमरामा “सानो पाईला” जीतपुर समुहले आफ्नो सकृयता बढाएको छ । सानो पाईला नाम भएको युवाहरूको समुहले जीतपुरसिमरा र विरगञ्जमा आफ्नो सकृयता बढाई गरिव, असाहायलाई सहयोग गर्दै आएको छ ।
सानो पाईलाले गरिव, असहाय, दिनहु काम गरेर छाक टार्ने परिवारलाई खाद्यान्न सामाग्रि वितरण गर्दै आएको छ । सानो पाईलाले जीतपुरसिमरा उपमहानगरमा र विरगञ्ज महानगरपालिकाको ३२ नम्बर वडामा गरिव, असहाय, दिनहु काम गरेर छाक टार्नेलाई खोजी गरि खाद्यान्न सामाग्रि लगायतको सहयोग गर्दै आएको सानो पाईला जीतपुर समुहका एक सदस्य ओमकार गुप्ताले जानकारी दिनु भयो ।
सानाे पाईलाले दुखी अनुहारलाई खुशिमा परिणत गर्दै सबैको माया र स्नेह पाईरहेको छ । सानो पाईलाबाट राहत पाएका एक जनाले सानो पाईला टिम अहिले भग्वानको रूपमा आएर सहयोग गरिरहेको बताउदै चुनावमा जितेका जनप्रतिनिधि कुन दुलोमा लुकेका छन् भन्दै प्रश्न गर्दै भकानिएका थए ।
सानो पाईलाको जीतपुर समुहका अनुसार सहयोगी दाताहरू विश्वास गरेर आफुहरूलाई अप्रत्यक्ष रूपमा सहयो गर्दै आएका छन् । साथै साना पाईलामा आबद्ध रहेका सदस्यहरू पनि सकेको आर्थिक र भोतिक सहयोग गरिरहेका छन् ।
सानो पाईला जीतपुर समुहमा नेपालको चर्चित हास्यकालाकार “आदर्श मिश्रका साथै जीतपुरका प्रिन्स गुप्ता, ओमकार गुप्ता, सोनु जैस्वाल, लालबाबु सरोगोस्सा” लगायतको टोलिले दिनरात खटेर चुल्हो नबलेको घरको भान्सामा खाद्यान्न सामान पुगाएर घरको चुल्हो बल्दैछन् ।





