बारामा निषेधाज्ञा झन कडा: शुक्रबार देखि औषधी र खाद्यान्न बाहेका पसल खोल्न नपाईने

  • एस.एस. पटेल, बारा ।

बारामा निषेधाज्ञामा झन कडाई गरिएको छ । शुक्रबार देखि औषधी र दैनिक उपभोग्य बस्तु बाहेकका पसल खोल्न पाईने छैन । हालसम्म DCCMC ले गरेको निर्णयलाई संसोधन गर्दै नया नियम लागू गरिएको हो ।

२०७८-२-७ गते शुक्रबार देखि २०७८-२-१५ गते सम्म लागू हुने गरि दैनिक उपभोग्य बस्तु खरिद विक्रिका लागि बिहान ६ बजे देखि बिहान ८ बजे सम्म पसल संचाल गर्न पाइने छ भने औषधी पसलहरू २४ औँ घण्टा संचालन गर्न पाईने छ ।

यसअघि बाराको निषेधाज्ञा आदेशमा अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्कने, खाद्यान्न, सागसब्जी, माछामासु, औषधी उपकरण बिक्री गर्ने बाहेकका पसल शनिबार बाहेक प्रत्येक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाईने नियम थियो । तर अहिले गैर्ह खाद्य सामाग्री बाहेकका पसलमा निषेध लगाईएको छ ।

हाल बारामा सार्वजनिक र निजि सवारीमा पुर्णरूपले रोक लागाईएको छ भने बैंक र वितिय संस्थाहरू हप्तामा २ दिन जिल्लाले तोकेको तालिका अनुसार संचानल भैरहेको छ ।

बैक र वित्तिय संस्थाको खुल्ने तालिका यश प्रकार छ ।

DCCMC को निर्णय संसोधन गरिएको नँया  निषेध आदेश पत्र


संसोधन नभएको पुरानो निषेध आदेश पत्र