श्री गढिमाई मन्दिरमा अखण्ड अष्ठज्याम शुरू

जानकारी नेपाल, डेस्क ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा स्थित रहेको श्री गढिमाइ मन्दिरमा अखण्ड अष्ठज्याम सुरू भएको छ ।

श्री गढिमाइ मन्दिरको पुरानो मन्दिरको ४ किला यथावत राखि सोहीको माथी नयाँ वृहत् मन्दिर निर्माण गरि मन्दिर परिषरमा अखण्ड अष्ठज्याम पुजाको आयोजना गरिएको छ ।

वि.सं. २०२६ सालमा स्व: कमल साहले निर्माण गर्नुभएको छातापिपराको श्री गढिमाइ मन्दिरलाइ पुन: उनका छोरा प्रदिप कुमार कलवारले विशाल रूप दिएका हुन । नयाँ निर्माण भएको मन्दिर बाराकै सबै भन्दा सुन्दर मन्दिरको रूपमा चिनिन थालेको छ ।

छातापिपरा अवस्थित हिन्दुहरूको प्रख्यात शक्तिपीठ श्री गढिमाईको नवनिर्मित भव्य शोभायुक्त मन्दिरको लोकार्पण आज कलश यात्रा, वैदिक पुजनकासाथ गरिदै छ ।