बारा,२३ भदौं –
बाराको पचरौता नगरपालिकामा राजनितिक बिवादका कारण हाल सम्म निति तथा कार्यक्रम र बजेट समेत पारित हुनु सकेको छैन् । नेताहरुको खिचातानीका कारण हाल सम्म पालिकाको सभा प्रभावित हुदै आएको छ । पालिकाले बजेट पारित गर्न नसक्दा कर्मचारीहरुले चैत्र मसान्त देखि हाल सम्म तलब सुविधा समेत पाएका छैनन् भने जनताको विकासे कामहरु पनि प्रभावित हुदै आएको छ ।
अस्पतालमा औषधीको अभाव देखिएको तथा सकिएको औषधीहरु समेत खरिद गर्न पाइको अवस्था पालिकामा सृजना भएको छ । पचौरता नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्राले पालिको सभा हुन सक्दा जनतालाई दिइने अति आवश्यक सेवाहरु समेत प्रभावित हुने अवस्थामा पुगेको छ । कर्मचारीहरुले तलब सुविधा नपाउँदा घर व्यवहार चलाउन समेत मुश्किल भएको मिश्राको भनाई छ ।
उनका अनुसार बजेट सिलिङ्ग लागि असार ५ र भदौं १० मा पालिकाले परिपत्र गरेको भएपनि सर्वोच्च अदालतले हालको लागि सो कार्यवन्यन नगर्न÷नगराउँन अल्पकालिकन आदेश दिएको कारण पालिकाको आर्थिक प्रशासनिक काम समेत प्रभावित बनेको छ ।
पालिकामा नेकपा एकाले र जसपाका नेताहरु बिच बजेट भाडफाडमा कुरा नमिल्दा सभा प्रभावित हुदै आएको स्थानियहरुको भनाई छ । पालिकाका मेयर जलान्धर सिंह जैसवारले केही व्यक्तिहरुले पार्टीगत हिसावले पालिकालाई बन्धक बनाउन खोजी रहेको आरोप लगाए । उनले पालिकाको सभा गर्न पटक पटक मिति तोकिएको भएपनि जसपाका साथीहरु सो मितिमा कार्यपालिकाका सदस्यहरुलाई भारत लग्ने गरेको कारण सभा प्रभावित हुदै आएको े आरोप सिंहले लगाए । सर्वोच्चले दुवै पक्षलाई छलफलको लागि २७ गते बोलाएको बताउँदै मेयर सिंहले त्यसपछि केही निश्कर्ष निश्किने बताए ।
मेयर र उप मेयरका टसलका कारण जनताको काम प्रभावित भइरहेको पचरौतावासीको ग्ुनासो छ । अवस्था यहि रहने हो भने अब केहि दिनमा पालिकाको स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव समेत सृजना हुने अवस्था आउने पालिकाको स्वास्थ्यकर्मीहरुको भनाई छ । तर यस बिषयमा जनप्रनिधिहरुको कुनै चासो छैन् ।
पचरौता सहित बाराको प्रसौनी गाउँपालिका, महागढीमाई नगरपालिका,सिम्रौनगढ नगरपालिका,जितपुर– सिमरा उपमहानगरपालिका नगरपालिका र निजगढ नगरपालिकाले हाल सम्म निति तथा कार्यक्रममा समेत पारित गर्न सकेको छैन् ।
यसरी पालिकाको सभा र बजेट पारित नहुदा जनताको काम प्रभावित भइरहेको जिल्ला समन्यव समिति बाराका प्रमुख नरेन्द्र कुमार साह बताए । उनले बिवाद रहेको पालिकाहरुमा समन्यकारी भुमिका खेल्न आफु तयार रहेको भएपनि पालिकाका प्रमुख,उपप्रमुख लगायतका कार्यपालिकाका सदस्यहरुले आ आफ्नै डम्फु पिटि रहेकाे बताए । प्रमुख साहले चुनाव जितेपनि नेताहरु जनप्रतिनिधि बन्न नसकेको तथा जनताको दुःख नबुझेको कारण हाल सम्म पालिकाहरुले सभा नगरेको आरोप लगाए ।




