चितवन,भदौ ३०-
चितवनको नारायणी नदी पुलबाट हाम फालेर एक पुरुष वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (बिहिबार) ६ः५१ मिनेटमा भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदी पुलबाट नाम थर नखुलेका अन्दाजी ३०/३२ बर्षका पुरुषले हाम फालेका हुन् । उनले बागमती प्रदेश ३–०२–००२ प ९१३६ नम्बरको सिल्भर कलरको स्कूटर,निलो कलरको चप्पल र एक थान मोबाइल पुलमै छाडेका छन् ।
घटनाको थप अनुसन्धान भइरहेको र वेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




