सिमरा भेट्रान कप २०७९ : फाईनल खेल आज, उपाधीका लागी मोरङ र चितवन भिड्ने

सिमरा, असोज १ ।

बाराको सिमरामा जारी दोस्रो अन्तराष्ट्रिय सिमरा भेट्रान कप २०७९ मा आज फाईनल खेल हुदैछ । सिमरा भेट्रान क्लबको आयोजनामा सिमरा रंगशालामा जारी प्रतियोगिताको फाईनल खेल आज हुन लागेको हो ।

स्वर्गिय मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजना गरिएको प्रतियोगिता अन्र्तगत फाईनल खेल दिउसो ३ बजेदेखि शुरु हुने प्रतियोगिता संयोजक हरी चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार उपाधीका लागी मोरङ र चितवन भेट्रानबिच फाईनल भिडन्त हुनेछ ।

यसअघि आज बिहान भएको पहिलो सेमिफाईनल खेलमा सिमरा भेट्रान बिलाई सडनदेथमा पराजित गर्दै मोरङ भेट्रान फाईनल प्रवेश गरेको थियो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । तर ट्राईब्रेकरमा पनि दुवै टिमले ३–३ गोल गरेपछि खेल सडनदेथमा पुगेको थियो । सडनदेथमा सिमरा भेट्रान बिका खेलाडीले गोल गर्न नसकेपछि मोरङ फाईनल प्रवेश गरेको हो । यस्तै आजै भएको दोश्रो खेलमा कोलकत्ता भेट्रान भारतलाई सडनदेथलाई पराजित गर्दै चितवन भेट्रान फाईनल प्रवेश गरेको हो । दुई टिमबिचको फाईनल खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार रुपैया र उप–बिजेताले नगद ७५ हजार रुपैया पाउनेछन् । भदौ २९ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको सह–प्रायोजकमा हुलास स्टिल सिमरा, जगदम्बा स्टिल सिमरा, यु आर गोल्ड प्रिमियम मसला चिया रहेको छ ।

यसैगरी प्रवद्र्धकमा नेपाल खेलकुद पत्रकार मञ्च बारा, लण्ड्री पार्टनरमा यु आर अटोमेटिक लण्ड्री सिमरा, ईसुरेन्स पार्टनरमा जनरल ईन्सुरेन्स, हस्पिटालिटि पार्टनरमा अल्पाईन हस्पिटल सिमरा र मिडिया पार्टनरमा गोल नेपाल डटकम, रेडियो समर्पण ९८.२ मेगाहर्ज, ई सिलालेख डटकम र ए वान समाचार डटकम रहेको छ ।