एस.एस. पटेल, बारा – असोज १७ गते ।
मकवानपुर जिल्लाको हेटौंडामा बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई मन्दिर नजिकै ३८ जना सवार रात्री बस दुर्घटना भएको हो ।
दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य ३६ जना घाईते भएका छन् । आईतवार राति काठमाडौ बाट दमक जाँदै गरेको ना ७ ख २०३२ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइतेहरूको हेटौंडा, चितवन र काठमाडौंमा उपचार भईरहेको छ । हेटौंडामा उपचार सम्भव नभएपछि गम्भीर घाईतेलाई चितवन र काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।




