एमालेलाई ठुलो धक्का: बारामा ९७ जनाले एमालेबाट दिए सामुहिक राजिनामा

एस.एस. पटेल, बारा

चुनावको मुखमा आएर एमालेबाट साधारण सदस्य समेत नरहने गरि ९७ जनाले सामुदायिक राजिनामा दिएका छन्

नेकपा एमाले मधेस प्रदेश सदस्य विश्वनाथ लामिछाने, जीतपुरसिमरा नगर कमिटि उपाध्यक्ष विरेन्द्र गिरि, जीतपुर गाविस संस्थापकपार्टी प्रमुख मोजाहिर अंसारी, एमाले बारा जिल्ला सदस्य कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाल, प्रदिप कु. गुप्ता, जाफिर हुसेन मंसुर, तार्केश्वर साह सोनार लगायत जीतपुरसिमरा नगर किमिटि सदस्य सहित ९७ जनाले एमालेको साधारण सदस्यसमेत नरहने गरि सामुहिक राजिनामा दिएका हुन्

पार्टी भित्र दादागिरि, आरजक्ता, आर्थिक चलखेलको आधारमा टिकट वितरण, गरिव सर्बाहारा वर्गको पार्टी नभई पैसा, गुण्डा आरजकहरूको पार्टी बनेको भन्दै आफुहरू सामुहिक राजिनामा दिएको एमालेका पुर्व जिल्ला सदस्य विष्णु प्रसाद अधिकारीले बताउनुभयो ।