हेटौंडा, कात्तिक ५-
मकवानपुरमा अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बागमती-८ का रामबहादुर गोलेको रहेका छन् । दुर्घटनामा परि अटो चालक बागमती-८ का सिंहबहादुर योन्जन, अटोमा सवार सोही वडाका वीरबहादुर थोकर र लक्ष्मण राई घाइते भएका छन् । त्यस्तै घाइतेमध्ये १ जनालाई थप उपचारका लागि चितवन पठाइएको र २ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइहेको छ ।
ना १ ह ५८५५ नम्बरको अटो शुक्रबार राति बागमती-५ कोइलादमार चोक नजिक सडकमा रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किएको थियो ।




