दुई मोटरसाइकल ठोकिँदा इटहरीमा तीन जनाको मृत्यु

सुनसरी,कार्तिक १२-

इटहरीमा दुई मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी-१० मा शुक्रबार साँझ र्दुइटा मोटरसाइकल एकआपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको हो ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर भइ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मोरङको बूढीगंगा गाउँपालिका १ का ३० वर्षीय ओजराज लुइँटेल, धरान १५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राईको मृत्यु भएको छ ।