बारा ४ (क) का उम्मेदवार सन्तोष कुशवाहा घरदैलोमा व्यस्त, भन्छन मेरो जित शुनिश्चित छ

बारा, कार्तिक १२ गते ।

घरदैलो कार्यक्रममा व्यस्त रहेको बारा क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहाले मेरो जित शुचिश्चित हरेको दाबि गरेका छन् । घर दैलोको क्रममा आफुलाई चारैतिरबाट सकरात्मक प्रतिकृया पाईरहेको उँहाको भनाई छ ।

सन्तोष कुशवाहा बाराकै सबै भन्दा कान्छो उम्मेदवार भनेर निकै चर्चामा पनि छन् । कुशवाहालाई परिवर्तकको संकेत भनेर बाराली जनताले उनलाई साथ दिने प्रतिबद्धता समेत दिइरहेका छन् । नाम चकेका ठुला पार्टीका नेताहरु प्रति आफुहरुको विश्वास गुमिसकेको भन्दै बाराली जनताले परिवर्तन खोजी रहेका छन् ।

सन्तोष कुशवाहा बारा क्षेत्र नं. ४(क) मा हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्हबाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।