बारा क्षेत्र नं. ४ (क) उम्मेदवार कुशवाहाको घरदैलो, जनता भोट हाल्न उत्साहित

बारा, कार्तिक १५ गते ।

बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवारलाई भोट हाल्न जनता उत्साहित देखिएका छन् । मंसिर ४ गते हुने निर्वाचनको लागि भोट माग्न घरदैलो गरिरहेका सन्तोषलाई आफुहरुले लौरोमा मत हाल्न उत्साहित रहेको बाराली जताले बताएका छन् ।

दसकौ देखी आफुहरुको मत खेर जादैगरेको भन्दै यसपाली युवालाई मत दिन बाराली जनताहरु आतुर छन् । बारामा दसकौ पछि परिर्वतनको संकेतको रुपमा संतोषलाई देखीएको मतदाताहरुले बताएका छन् ।

संतोष बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिए संगै चर्चामा छन् । लौरो चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएका उनि बाराकै सबै भन्दा कान्छो युवा उम्मेदवार हुन् । उनको उमेर मात्र २५ वर्षको छ ।