वीरगञ्ज, ४ मंसिर ।
बारामा रोएिको मतदान सहमतिपश्चात पुनः शुरु भएको छ । बाराको क्षेत्र नम्बर २ (ख) पचरौता नगरपालिका वडा नम्बर ३ स्थित श्री नगर बैरिया मतदान केन्द्रमा केही बेर मतदान रोकिएको थियो ।
प्रदेश सभा सदस्य पदको मतपत्रको सट्टा २४ वटा प्रतिनिधि सभा सदस्यको मत पत्र बाँडेका कारण मतदान रोकिएको थियो । यद्यपी ति २४ वटै मत पत्र बदर गर्ने सहमति पश्चात पुनः मतदान शुरु भएको हो ।




