पर्सा, मंसिर ११ गते ।
पर्सा जिल्लाको विरगञ्जमा मोटरसाईल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । हिजो शनिबार राति वीरगञ्जमा भएको मोटरसाइकल दुर्घटनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ मुर्ली निवासी १९ वर्षीय साहिल हवारीको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन् ।
त्यस्तै घाइते हुने पनि सोही स्थानका वासिन्दा २० वर्षीय सरताज अन्सारी रहेको पर्सा प्रहरीले जनाएको छ । मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका हवारीको उपचारका क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । दुर्घटना पश्चात वीरगञ्जस्थित स्पर्श मल्टीस्पेश्यालिटी हस्पिटलमामा गम्भीर रुपले घाइते भएको अवस्थामा भर्ना भएका हवारी उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरीका प्रवक्त दीपक गिरीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक गिरीका अनुसार घटना बारे थप अनुसन्धान भइरहेको छ ।




