धन्यवाद ज्ञापन गर्न घरदैलोमा हिडेका किसान श्रेष्ठ र जितेन्द्र सोनललाई बारामा २०५ किलोको माला

वीरगञ्ज, मंसिर १७-

बाराको परवानीपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई २०५ किलोको माला लगाइदिएका छन् । बाराको परवानीपुर गाउँपालिका ५ बहुअरीमा उनीहरूलाई २ सय ५ किलोको माला लगाइदिएका हुन् ।

मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उनीहरू धन्यवाद ज्ञापन गर्न घरदैलोमा छन् ।